समाज


सशस्त्र प्रहरीमा २८ जना इन्सपेक्टरका लागि दरखास्त आह्वान

सशस्त्र प्रहरीमा २८ जना इन्सपेक्टरका लागि दरखास्त आह्वान

फाइल तस्बिर


नेपालखबर
फागुन १६, २०८१ शुक्रबार ८:३८, काठमाडौँ

सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)का लागि दरखास्त आह्वान गरेको छ। 

सशस्त्र प्रहरी बल, प्रधान कार्यालय अन्तर्गतको भर्ना तथा छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै २८ जना नयाँ इन्सपेक्टरका लागि दरखास्त आह्वान गरेको हो।

कानून र लेखा उपसमूहतर्फ गरेर २८ जना नयाँ प्रहरी निरीक्षक भर्नाका लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ। 

कानून उपसमूहतर्फ ८ र लेखा उपसमूहतर्फ २० जनाको लागि दरखास्त आह्वान गरिएको हो। 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी चैत १९ गतेसम्म दरखास्त दिन सक्नेछन्। 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad