समाज


प्रकृति लम्साल मृत्यु प्रकरणमा ओडिसा सरकारले गठन गर्‍यो छानबिन समिति

प्रकृति लम्साल मृत्यु प्रकरणमा ओडिसा सरकारले गठन गर्‍यो छानबिन समिति

नेपालखबर
फागुन ६, २०८१ मंगलबार १९:३०, काठमाडौँ

भारतको ओडिसा सरकारले कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआई)की नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। 

समितिमा  गृहविभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव, र उच्च शिक्षा विभागका आयुक्त-सचिव लगायत रहेका छन्।   

केआईआई विश्वविद्यालयसँग सम्बन्धित घटनालाई तत्कालै ध्यानमा लिँदै ओडिसा सरकारले सम्बन्धित सुरक्षा गार्डहरूलाई गिरफ्तार गर्ने र दोषी अधिकारीहरूलाई निलम्बन गर्ने कदम चालेको छ' सरकारी पत्रमा उल्लेख भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  

सरकारले केही व्यक्तिद्वारा विद्यार्थीहरूप्रति बल प्रयोगलगायतका दुर्व्यवहारको गरेको भन्दै अनुसन्धान सुरु गरेको जनाएको छ। 

विद्यार्थीहरूको सुरक्षा लागि सरका प्रतिबद्ध रहेको पनि सरकारले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad