समाज


राशिफल ७ फागुन : मकरलाई विनाप्रतिस्पर्धा फाइदा हुने, मीन दण्ड-जरिवानामा पर्ने, तपाईँको के?

राशिफल ७ फागुन : मकरलाई विनाप्रतिस्पर्धा फाइदा हुने, मीन दण्ड-जरिवानामा पर्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
फागुन ७, २०८१ बुधबार ४:४०, काठमाडौँ

आज बुधबार, ७ फागुन २०८१ (१९ फेब्रुअरी २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ। यात्रामा मालसामान हराउन सक्छ। आत्मबलमा कमी आउनेछ। विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला। साँझमा पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ।

भाग्यशाली रङ सेतो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले सत्य बोल्ने। अरूलाई हेपेर नबोल्ने।

वृष : मनपर्ने वस्त्र, अलंकार उपहार पाइनेछ। अरूलाई प्रभावित पारेर काम बन्ला। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। परोपकारजन्य कार्यमा भूमिका निर्वाह गर्न पाइनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ६४, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७९ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। सजिलै अरूको विश्वास नगर्ने।

मिथुन : आकस्मिक योजना बन्नेछ। सफल र रमाइलो यात्रा हुनेछ। मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हुन पाइनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला।

भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ८०, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५६ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। छलकपट नगर्ने।

कर्कट : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मेहनतीहरूका लागि दिन फलदायी छ। श्रमको उचित मूल्याङ्कन पनि हुनेछ। धर्मकर्म तथा समाजसेवामा मन जानेछ। वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्त: फाइदा नै पुर्‍याउनेछ।

भाग्यशाली रङ रातो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४२, सेयर बजारमा ३६, वैदेशिक कार्यमा ४० र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह : प्रेम तथा दाम्पत्य जीवनमा मधुरता छाउनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। विगतका गलत निर्णयले काममा चुनौती आउने देखिन्छ। टाढा रहेका साथीभाइसँग रमाइलो भेटघाट हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८१, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अव्यवस्थित दिनचर्याबाट टाढा रहने। भरिसक्के लामो यात्रा नगर्ने।

कन्या : प्रतिस्पर्धामा सफल भइनेछ। विद्या र बुद्धिको विकास हुनेछ। प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ। प्रेम जीवन सुखद नै रहनेछ। पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायबाट लाभ हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ८३, व्यापारमा ५५, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

तुला : विद्यामा सफलता र मान प्रतिष्ठामा वृद्धि होला। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ। बहुप्रतीक्षित काममा सफलता हात पर्नेछ। यात्रा गर्दा चाहिँ सावधानी अपनाउनु होला।

भाग्यशाली रङ कालो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई भोजन गराउने। निलो रङको प्रयोग नगर्ने।

वृश्चिक : सहकर्मीबाट विरोध आउला। कुनै कुराले मन दु:खी हुन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्ला। अभिभावकले ससाना त्रुटि औँल्याउँदा मन खिन्न हुनेछ। नयाँ काममा हात हाल्ने समय छ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। अरूको ईर्ष्या नगर्ने।

धनु : मनपर्ने खानाको परिकार खान पाइनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। वैदेशिक कार्य पनि अघि बढ्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क १ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७९, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृद्ध तथा रोगीलाई सहयोग गर्ने। उत्तर दिशा नजाने।

मकर : धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। विनाप्रतिस्पर्धा फाइदा हुन सक्छ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्।

भाग्यशाली रङ सेतो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७८, सेयर बजारमा ८६, वैदेशिक कार्यमा ७६ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। छलकपट नगर्ने।

कुम्भ : सामाजिक क्षेत्रको काम अघि बढ्नेछ र उपकारमा मन जानेछ। मनोरञ्जनमा सहभागी भइएला। कतै घुम्न जाने योजना बन्न सक्छ। काममा सानातिना बिघ्नबाधा आइपरे पनि निराश र हताश नहुनुहोला।

भाग्यशाली रङ सेतो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ६४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ७९ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

मीन : राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ। तनाव बढेको महसुस होला। आर्थिक कारोबारमा मन्दी आउनेछ। मन दु:खी हुने समाचार प्राप्त हुन सक्छ। मध्यदिनबाट भने आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन्।

भाग्यशाली रङ पर्पल र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४३, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ३५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले कमिला वा माछालाई चारो खुवाउने। कालो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad