समाज


राशिफल ६ फागुन : कर्कटमाथि अविश्वास उत्पन्न हुने, कन्याको प्रेमीसँग मधुर मिलन हुने, तपाईँको के?

राशिफल ६ फागुन : कर्कटमाथि अविश्वास उत्पन्न हुने, कन्याको प्रेमीसँग मधुर मिलन हुने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
फागुन ६, २०८१ मंगलबार ४:७, काठमाडौँ

आज मंगलबार, ६ फागुन २०८१ (१८ फेब्रुअरी २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। न्यायिक कार्यमा सफलता मिल्ला। कला र गलाको प्रभाव बढ्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। राजनीतिक कार्यमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्ला।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूको ईर्ष्या नगर्ने।

वृष : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। परिवारमा सुख सन्तोष छाउनेछ। प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। घरमा अतिथिको आगमन होला। पुनर्मिलनको योग छ।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

मिथुन : शुभ समाचार सुन्न पाइएला। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। सेयर बजारबाट फाइदा होला। आतिथ्यपूर्ण सम्मान पाइनेछ। प्रेमीको सहयोग प्राप्त होला। कार्य सम्पादनमा सहजता मिल्नेछ। आहारविहारमा ख्याल गर्नुहोला।

भाग्यशाली रङ हरियो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

कर्कट : अविश्वास उत्पन्न हुन सक्छ। परिवारमा झैझमेलाको अवस्था आउला। महत्त्वहीन र बेकारका काममा समय नबिताउनुहोला। अल्छी लागेमा धार्मिक या दार्शनिक पुस्तक पढ्दा राम्रो हुन्छ। त्यसले नयाँ विचार र विवेक बढेर जानेछ।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ६८ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

सिंह : स्वादिष्ट भोजन खान पाइनेछ। शुभचिन्तकले पूर्ण समर्थन प्रदान गर्नेछन्। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। सुखद र धार्मिक यात्राको योग छ।

भाग्यशाली रङ खैरो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

कन्या : बन्धुबान्धवबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ। प्रेमीसँग मधुर मिलन हुनेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

तुला : पुनर्मिलनको योग छ। रोकिएको धन हात पर्ला। परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। प्रतीक्षा गरिएको काम पूरा हुनेछ। वैदेशिक क्षेत्रको कार्य अघि बढ्ला। दिनको उत्तरार्धमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृश्चिक : लाभहानि, सुखदुःख बराबरी हुनेछ। स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी देखिन्छ। ठूलो कारोबारमा लगानी नगर्दा बेस हुन्छ। सामान हराउने वा चोरी हुने भय छ। अतिथिको रूपमा सत्कार पाइनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

धनु : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। प्रबल इच्छाशक्तिको कारणले लक्ष्यमा पुग्न सघाउनेछ। वित्तीय संस्थाबाट सहयोग पाइएला। तर, साथीहरूले अनावश्यक रूपमा अलमल्याउन सक्छन्।

भाग्यशाली रङ आकासे र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

मकर : मित्रबाट विशेष सहयोग मिल्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। पदोन्नतिको सम्भावना प्रबल छ। अतिथिको रूपमा सत्कार पाइन सकिनेछ। वस्त्र तथा अलंकार प्राप्ति होला। कसैकसैका लागि सन्तान प्राप्ति हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

कुम्भ : इच्छा-आकाङ्क्षा पूर्ण हुनेछन्। अरूलाई प्रभावित पारेर काम बन्नेछ। रोकिएको काम दोहोर्‍याएर गर्दा फाइदा हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। टाढिएका मित्र नजिक हुनेछन्।

भाग्यशाली रङ पर्पल र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

मीन : गरेका कार्यमा ढिलासुस्ती हुनेछ। आफ्नो हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। साँझमा नजिकको मित्रसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad