समाजवादी प्रेस संगठन नेपालको अध्यक्षमा शम्भु श्रेष्ठ चयन भएका छन्।
संगठनको दोस्रो राष्ट्रिय भेलाले श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो। यस्तै महासचिवमा रोहित दाहाल, कोषाध्यक्षमा भरतराज पोखरेल चयन भएका छन्। तत्कालीन अध्यक्ष विश्वमणि सुवेदी प्रेस चौतारीमा प्रवेश गरेपछि श्रेष्ठ अध्यक्ष चयन भएका हुन्।
तत्कालीन महासचिव रामकुमार एलन, कोषाध्यक्ष कृपा भण्डारीसमेत प्रेस चौतारीमा प्रवेश गरेका थिए।
कार्यसमितिमा अरू साविककै पदाधिकारी र सदस्यले निरन्तरता पाएका छन्।
भेलाले १० बुँदे घोषणापत्रसमेत जारी गरेको छ।
372
Shares

प्रतिक्रिया