चितवन राष्ट्रिय निकुञ्जको कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा जङ्गली हात्ती मकुनाको मृत्यु प्रकरणसम्बन्धी छानबिन गर्न बनेको कार्यदलले स्थलगत अध्ययन सकेको छ।
वन तथा वातावरण मन्त्रालयका सहसचिव डा बुद्धिसागर पौडेलको संयोजकत्वमा बनेको कार्यदलले तीन दिनदेखि थालेको स्थलगत अध्ययन सकेर बुधबार उक्त टोली काठमाडौँ फर्किएको हो।
उनले भने, ‘कार्यदलको टोलीले आफ्नो काम सकेर हिजो काठमाडौँ फर्किएको छ।’
छलफलका क्रममा सरोकार भएकाले कार्यादललाई निजी हात्ती एकीकृत गरी दिगो रूपमा व्यवस्थापन गर्न सहजीकरण गरिदिन आग्रह गरेका छन्। हात्ती पालकहरूले राज्यले निश्चित ठाउँ तोकिदिए व्यवस्थापनमा सहजीकरण गर्न आफूहरू तयार रहेको उल्लेख गरे।
मन्त्रालयले घटनास्थलमा आबद्ध तथा सम्बद्ध सरोकार भएका व्यक्ति, सङ्घसंस्था, समूह, निकाय तथा आवश्यकता अनुसार सुरक्षा निकाय, स्थानीय पालिका र स्थानीय प्रशासनसँग छलफल गर्ने, घटनाको विस्तृत विवरण तथा कारण पहिचान गर्ने, आगामी दिनमा यस्ता घटना हुन नदिन सुरक्षा सावधानीलगायत विषय प्रतिवेदनमा समावेश गरी सुझाव दिन सात दिनको कार्यादेशसहित कार्यदल गठन गरेको थियो। कार्यदल गठनसँगै घटनाका बारेमा अध्ययन थालिएको मगरले जानकारी दिए। रासस
Shares

प्रतिक्रिया