समाज


बबरमहलमा फुटेको खानेपानीको पाइपको मर्मत थालियो

बबरमहलमा फुटेको खानेपानीको पाइपको मर्मत थालियो

नेपालखबर
फागुन १, २०८१ बिहिबार १३:३६, काठमाडौँ

बबरमहलमा खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइपको मर्मत कार्य सुरु भएको छ। नेपाल विद्युत प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार पाइप फुट्दा बबरमहल क्षेत्रमा डुबान भएको थियो।  

काठमाडौँमा वितरण गरिने थोक प्रणालीको पाइप गएरातिदेखि मर्मत गर्ने कार्य सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए।

‘पाइप फुटेपछि पानी बगेर बबरमहल जलमग्न भएको थियो। पानी बन्द भएपछि गएरातिबाट हामीले मर्मतको सुरु गरेका छौँ।’ उनले भने, ‘मर्मत सकिएपछि पानी बितरण प्रक्रिया सुरु गर्ने छौँ।’ 

विद्युतका तारहरु भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेपछि बबरमहल क्षेत्र जलमग्न बनेको थियो। पानी भरिँदा विषेश अदालत सहितका सरकारी कार्यालय जलमग्न बनेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad