समाज


सुनसहित दुई भारतीय नागरिक पक्राउ

सुनसहित दुई भारतीय नागरिक पक्राउ

फाइल तस्बिर


नेपालखबर
फागुन १, २०८१ बिहिबार १३:१६, काठमाडौँ

काठमाडौँको नागढुंगाबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।   काँकडभिट्टाबाट आउँदै गरेको बा. प्र ०१–००२ ख ०५४२ नम्बरको बसमा आएका उनीहरूलाई नागढुंगा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले जानकारी दिए। 

प्रहरीले उनीहरूको साथबाट ३१८ ग्राम सुन बरामद गरेको जनाएको छ। 'उनीले अरु पनि सुन ल्याएको आशंकामा बसमा खानतलासीको काम भइरहेको छ' बोहोराले भने।  

पक्राउ पर्नेमा भारत महाराष्ट्रका २७ वर्षका महेश अमृत मानी र २४ वर्षका राहुल खडु सरकला रहेको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad