ad ad

समाज


लन्डनबाट कोरोना संक्रमित नेपाली भन्छिन्ः तपाईंहरू विशेष सावधान रहनुस्

लन्डनबाट कोरोना संक्रमित नेपाली भन्छिन्ः तपाईंहरू विशेष सावधान रहनुस्

नेपालखबर
चैत १०, २०७६ सोमबार ६:३१,

बेलायतको लन्डनमा कोरोना संक्रमित एक नेपाली महिलाले दुई हप्ता भइसक्दा पनि आफूलाई निको हुने सम्भावना नदेखिएको उल्लेख गर्दै यसबाट विशेष सावधान रहन आफन्त तथा साथीभाइलाई सुझाव दिएकी छन्।

लमजुङकी भगवती रानाभाटले फेसबुकमा तस्बिरसहित स्टाटस लेखेर कोरोना संक्रमण निकै पीडादायी भएको र १३ दिनसम्म पनि निको हुने छाँटकाँट नदेखिएको उल्लेख गरेकी छन्।

लमजुङ तार्कुघाट स्थायी घर भएकी रानाभाटले संक्रमणको पीडादायी अनुभव सामाजिक सञ्‍जालमा राख्ने मन नहुँदा नहुँदै पनि यो निकै भयावह हुने देखिएकाले आफन्त र साथीभाइलाई जोगिन सन्देश पुगोस् भनेर जानकारी गराएको बताएकी हुन्।

‘१० दिनको सेल्फ आइसोलेसनपछि कोभिड-१९ सँग लड्दै!!,’ रानाभाटले फेसबुकमा लेखेकी छन्- ‘यो महामारी कति पीड़ादायक हुँदोरहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँटकाँटै छैन। फेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथिभाइलाई थप भयावह बनाउला भन्ने लाग्यो, तर सोचें, सबैले सावधानी अपनाउन सक्नुहुनेछ। हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध गर्दछु।’

१० दिनको सेल्फ़ आईसोलेसन पछि COVID 19 संग लड्दै !! यो महामारी कति पीड़ादायक हुदो रहेछ, आज १३ दिन सम्म पनि निको हुने...

Posted by Bhagabati Ranabhat on Sunday, March 22, 2020

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .