समाज


आगलागीबाट महत्त्वपूर्ण कागजात क्षति भएको छैन: खानेपानी मन्त्रालय

आगलागीबाट महत्त्वपूर्ण कागजात क्षति भएको छैन: खानेपानी मन्त्रालय

शनिबार खानेपानी मन्त्रालयमा भएको आगलागीले क्षतिग्रस्त कोठा


नेपालखबर
माघ २७, २०८१ आइतबार २१:२, काठमाडौँ

खानेपानी मन्त्रालयले शनिबार सिंहदरबारस्थित मन्त्रालयमा भएको आगलागीबाट अति आवश्यक एवं महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको जनाएको छ।

मन्त्रालयका उपसचिव भक्तराज जोशीले प्रेस विज्ञप्ति जारी गर्दै आगलागीबाट मन्त्रालयका अति आवश्यक कागजातमा कुनै क्षति नभएको उल्लेख गरेका छन्।

आगलागीपश्चात् उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, खानेपानी मन्त्री प्रदीप यादव तथा मन्त्रालयका उच्चपदस्थ कर्मचारी तथा सुरक्षा निकायका प्रमुखले घटनाको स्थलगत निरीक्षण गरी क्षतिबारे जानकारी लिएका थिए।

घटनाको जानकारी पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी, कर्मचारी तथा बारुणयन्त्र (दमकल) को सहायतामा करिब १५ मिनेटमा उक्त आगलागी नियन्त्रणमा आएको विज्ञप्तिमा उल्लेख छ।

आगलागीबाट मन्त्रालयका अतिआवश्यक एवं महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको उल्लेख गर्दै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad