समाज


चन्द्रागिरिमा गाडीको ठक्करबाट एक युवकको मृत्यु, अर्की महिला घाइते

चन्द्रागिरिमा गाडीको ठक्करबाट एक युवकको मृत्यु, अर्की महिला घाइते

नेपालखबर
माघ २२, २०८१ मंगलबार १३:५३, काठमाडौँ

काठमाडौँको चन्द्रागिरीमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्की एक महिला घाइते भएकी छन्।

चन्द्रागिरि नगरपालिका-९ चुनदेबी चोकमा बा.४ ख १७० नम्बरको गाडीले ठक्कर दिँदा बा.प्र.०२-०४६ प ७१२९ नम्बरको मोटरसाइकलका चालक स्थानीय ३९ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको सतुङ्गलस्थित एपीएफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार एक महिला घाइते भएकी छन्। उनको बीएण्डबी अस्पताल ललितपुरमा उपचार भइरहेको छ।

दुर्घटनापछि गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad