समाज


आशिका तामाङ २० हजार धरौटीमा रिहा

आशिका तामाङ २० हजार धरौटीमा रिहा

नेपालखबर
माघ १८, २०८१ शुक्रबार १६:१६, काठमाडौँ

आपराधिक उपद्रवको आरोपमा पक्राउ परेकी आशिका तामाङलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत, भक्तपुरले आदेश दिएको छ।

न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

तामाङविरुद्ध आपराधिक उपद्रव गर्न नहुनेसम्बन्धी मुद्दामा आजै थुनछेक बयान र बहस भएको थियो ।

उनी माघ १४ देखि प्रहरी वृत्त जगातीको हिरासतमा थिइन्।

उनले केही समयअघि भक्तपुरतर्फ साँगाको झोलुंगे पुलमा अवरोध पुर्‍याएको र स्थानीय पालिकाले राखेको सूचना च्यातेको भनी सूर्यविनायक नगरपालिकाले प्रहरीमा जाहेरी दिएको थियो।

यसअघि पशुपति क्षेत्रमा प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा माघ २ गतेदेखि प्रहरी वृत्त, गौशालाको हिरासतमा रहेकी तामाङ माघ १४ गते १० हजार धरौटी बुझाएर रिहा भएकी थिइन्।

तर भक्तपुरमा पनि उनीविरुद्ध जाहेरी परेकाले त्यही दिन उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad