समाज


राशिफल १६ माघ : सिंहलाई हितेच्छुले सहयोग गर्ने, तुलाको आफन्तसँग खटपट हुने, तपाईँको के?

राशिफल १६ माघ : सिंहलाई हितेच्छुले सहयोग गर्ने, तुलाको आफन्तसँग खटपट हुने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
माघ १६, २०८१ बुधबार ४:३७, काठमाडौँ

आज बुधबार, १६ माघ २०८१ (२९ जनवरी २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : मङ्गल कार्यमा सरिक भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। परिश्रम गर्दा धनार्जन हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मारिएला। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७४, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। खैरो रङको प्रयोग नगर्ने।

वृष : सुखदुःख बराबरी हुनेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ। साजसज्जामा ध्यान जानेछ।

भाग्यशाली रङ पर्पल हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। तामसिक भोजन नगर्ने।

मिथुन : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। घरपरिवारमा झैझमेलाको अवस्था आउला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। सद्‌विचारले अभिप्रेरित हुनेहरूलाई साँझपख लाभ हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ३७, व्यापारमा ६५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहको स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

कर्कट : नयाँ व्यक्तिसँग समीपता बढ्नेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला। रमणीय र सुखद यात्राको योग छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभै होला।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ५१, वैदेशिक कार्यमा ६६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

सिंह : शुभ कार्यमा सरिक भइनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। हितेच्छुले मन फुकाएर सहयोग गर्नेछन्। अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग छ। समग्रमा दिन सकारात्मक छ।

भाग्यशाली रङ रातो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ७८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या : शुभकार्यको चर्चा चल्नेछ। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। स्वास्थ्यमा तथा सुन्दरतामा धन खर्च हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७५, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

तुला : लाभहानि बराबर रहनेछ। आफन्तसँग खटपट हुनेछ। विद्यामा सोचेजस्तो प्रगति गर्न धैर्य गर्नु पर्छ। चलाखीपूर्ण बोलीले लक्ष्य पहिल्याउन सहज हुनेछ। तर, धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु होला।

भाग्यशाली रङ रातो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। अरूलाई नसताउने।

वृश्चिक : लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। शुभकार्यको योजना बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पुँजी बजारबाट लाभ मिल्नेछ।

भाग्यशाली रङ सेतो हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले परोपकारी कार्यमा लाग्ने। पीर नलिने।

धनु : राजनीतिक, सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। दाम्पत्य जीवनमा मधुरता छाउनेछ। प्रेम प्रसङ्गमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको अधुरो काम अघि बढ्नेछ। प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। नहतासिने।

मकर : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सञ्चारमार्फत आफन्तसँग भेटघाट हुनेछ। कार्यक्षेत्रमा प्रभुत्व जमाइएला। धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५९, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कुम्भ : मनमा दुबिधा उत्पन्न हुनेछ। पारिवारिक उल्झनमा परिएला। जसले आँटेको काम बिग्रन सक्छ। नयाँ योजना कार्यान्वयनमा आउन कठिन छ। यात्रामा मालसामान हराउन सक्छ। चोटपटकको भय पनि छ। अतः सचेत रहनु होला।

भाग्यशाली रङ खैरो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। निलो रङको प्रयोग नगर्ने।

मीन : इनाम र प्रतिष्ठा मिल्ला। विशिष्ट व्यक्तिको साथ र सहयोग पनि पाइनेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। घरमा अतिथिको आगमन हुनेछ। रमाइलो यात्राको सम्भावना छ। नयाँ व्यक्तिसँग भेटघाट होला।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५१, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad