समाज


उपत्यकामा इन्धन वितरण सहज बनाउन नसक्ने आयल निगमका दुई कर्मचारी परे कारबाहीमा

 उपत्यकामा इन्धन वितरण सहज बनाउन नसक्ने आयल निगमका दुई कर्मचारी परे कारबाहीमा

नेपालखबर
चैत ८, २०७६ शनिबार १३:३,

सरकारले काठमाडौं उपत्यकामा सहज रुपमा इन्धन वितरणको व्यवस्था मिलाउन नसकेको भन्दै दुई जना कर्मचारीलाई सरुवा गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्रालयले आयल निगमको इन्धन वितरण प्रणाली हेर्ने निर्देशक वीरेन्द्र गोइत र थानकोट डिपो प्रमुख विनितमणि उपाध्यायको सरुवा गरेको हो।

उपत्यकामा अझै पनि इन्धनको सहज वितरण हुन सकेको छैन। पछिल्ला दिन अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। भारतले इन्धनको मूल्य घटाएपछि नेपाली बजारमा पनि मूल्य घटेको छ। तर, भारतबाट पर्याप्त मात्रामा इन्धन आए पनि उपत्यकामा सहज वितरण गर्न नसकेको भन्दै दुबै जनाको सरुवा गरिएको हो।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अहिलेको अवस्थामा युद्धस्तरमा काम गर्न नसक्ने कर्मचारीलाई हटाएर काम गर्न सक्षमलाई ल्याउन निर्देशन दिएको बताए। ‘अहिलेको समयमा युद्धस्तरमा काम गर्नुपर्छ, २४ सै घण्टा खटिने कर्मचारी चाहिन्छ, इन्धनलगायतका आवश्यक सामान जनतालाई पु¥याउने कर्मचारी चाहिन्छ’, नेपालखबरसँग मन्त्री भट्टले भने, ‘२४ घण्टा काम गर्ने, ढिलासुस्ती नगर्ने कर्मचारी छ भने राख नत्र हटाउ भनेर निर्देशन दिएको छु, सायद कार्यान्वयन भयो होला।’

मन्त्री भट्टले सरकार हर तरहले जनताको सेवामा खटिएको बताए। ‘कोरोनाको त्रासले जनताले सरकारी सेवा पाइरहेका छैनन्, यस्तो बेलामा कुनै पनि काममा ढिलाई गर्नुहुँदैन’, उनले भने।

निगम प्रवक्ता समेत रहेका गोइतलाई प्रबन्ध निर्देशकको कार्यालयमा सरुवा गरिएको छ। त्यसैगरी थानकोट डिपो प्रमुख उपाध्यायलाई केन्द्रीय कार्यालय तानिएको छ।

आयल निगमका निर्देशक प्रदीप यादवलाई थानकोट डिपो प्रमुख बनाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad