काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीका प्रतिवादी राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत काठमाडौँले केन्द्रीय सदस्य पुष्पराज पौडेललाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश महेन्द्रराज काफ्लेले उनीसँग १ लाख धरौटी माग गर्ने आदेश दिएका छन्।
रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ घर भएका पौडेललाई स्वर्णलक्ष्मी सहकारीको ४० लाख ७ हजार ७२३ रुपैयाँ अपचलन गरेको आरोप छ।
गोरखा ग्रुप अफ कम्पनीले कानुन विपरीत स्वर्णलक्ष्मी सहकारी संस्थाबाट पौडेलका नाममा ऋण लिएको अभियोग छ। उनी उक्त कम्पनीका सेयर सदस्य हुन्।
स्वर्णलक्ष्मी सहकारीमा यसअघि चार प्रतिवादी धरौटीमा रिहा भइसकेका छन्। सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ६० लाख धरौटी माग गरिएको थियो। पूर्व डीआईजी छविलाल जोशी ५० लाख धरौटी बुझाएर रिहा भएका छन्।
Shares

प्रतिक्रिया