नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको मतगणना सुचारू गर्न निर्वाचन समिति असफल भएको छ।
मतपत्रमा प्रयोग गरिएको रातो मसीलाई मात्र मान्यता दिनुपर्ने अध्यक्षका तीन उम्मेदवार प्रतिनिधिको अडानले मतगणना हुनै नसकेको हो।
अध्यक्षका उम्मेदवारहरू हेमन्त राई, उपदेश यादब र सुदिन पौडेलले रातो मसी बाहेक मतपत्रलाई मान्यता दिए बहिस्कार गर्ने चेतावनी दिएका छन्।
अध्यक्षका अर्का उम्मेदवार विजयप्रकाश सापकोटाका प्रतिनिधिले भने जुनसुकै मसी प्रयोग भएको भएपनी मतगणना गर्नुपर्ने मत राखेका छन्।
सोमबार बिहान बाँकी रहेको २ प्रदेशको ५२२ मत गन्न नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा लैजाने समझदारी जुटेको थियो।
तर, मतपत्रमा प्रयोग भएको मसीबारे सहमति जुटाउनुपर्ने अडानले मत पत्रको बाकस बाल्मीकि क्याम्पसबाट लैजाने प्रयास पनि असफल भएको छ।
अनेरास्ववियू क्रान्तिकारीको नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो। अन्य प्रदेशको भने मतगणना सम्पन्न भइसकेको छ।
Shares

प्रतिक्रिया