काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयरगनको छर्रासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
भारतीय नागरिक मोहमद निजामोदिनलाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले पक्राउ गरेको विमानस्थल उच्च स्रोतले जानकारी दिएको छ।
ती भारतीय नागरिक हिमालय एयरलाइन्ससबाट बिहीबार अपरान्ह बंगलादेशको ढाका जाने क्रममा थिए।
उनलाई चेकजाँच गर्दा एयरगनमा फिट हुने छर्रासहित प्रहरीले पक्राउ गरेको हो।
810
Shares

प्रतिक्रिया