समाज


स्याङ्जामा टिपर पल्टिँदा १ जनाको मृत्यु, ४ गम्भीर घाइते

स्याङ्जामा टिपर पल्टिँदा १ जनाको मृत्यु, ४ गम्भीर घाइते

दुर्घटनामा परेकाे टिपर


नेपालखबर
माघ ५, २०८१ शनिबार १०:३, काठमाडौँ

गएराति स्याङ्जा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा चारजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। टिपर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेकाे हाे।

दुर्घटनामा पर्वतको कुश्मा नगरपालिका- १४ का ३७ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएकाे छ।

गएराति करिब ११ बजे आँधिखोला गाउँपालिका-५ कृषिस्थित कृषि-ओहिया भित्री कच्ची सडक खण्डमा कृषिबाट ओहियातर्फ जाँदै गरेको ग १ क ५१३९ नम्बरको आरम्भ निर्माण सेवाको टिपर दुर्घटनामा परेको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गयराति नै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। 

दुर्घटनामा शारदा नगरपालिका-७ सल्यानका १५ वर्षीय हरि परियार, आँधीखोला गाउँपालिका- २ ओहियाका ३३ वर्षीय कमल नेपाली, राप्ती नगरपालिका -६ चितवनका ४१ वर्षीय प्रकाश विक र सुमित्रा विक गम्भीर घाइते भएका स्याङ्जाका प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए। 

घाइते सबैको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad