समाज


राशिफल ५ माघ : कन्या विपक्षीको जालझेलमा पर्ने, मकरलाई रमाइलो यात्राको अवसर, तपाईँको के?

राशिफल ५ माघ : कन्या विपक्षीको जालझेलमा पर्ने, मकरलाई रमाइलो यात्राको अवसर, तपाईँको के?

ज्यो. मेनुका दाहाल
माघ ५, २०८१ शनिबार ४:३६, काठमाडौँ

आज शनिबार, ५ माघ २०८१ (१८ जनवरी २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ। न्यायिक कार्यमा सफलता मिल्ला। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६३, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष : अनावश्यक वादविवाद बढ्न सक्छ। स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्न सक्छ। प्रेमी/प्रेमिकाबीच खिन्नता बढ्नेछ। यात्रामा सावधानी अपनाउनु होला। घरपरिवारमा झैझमेलाको अवस्था आउन सक्छ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। झुट नबोल्ने।

मिथुन : सफल यात्राको योग छ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम रहला। सेवा र सहयोग गर्ने समय आएको छ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ५९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कर्कट : पुनर्मिलनको योग छ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना देखिन्छ। धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। कालो रङको प्रयोग नगर्ने।

सिंह : धार्मिक यात्रा हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य समेत सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। जग्गाजमिनको कारोबारमा सफलता मिल्छ।

भाग्यशाली रङ आकासे हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३६, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। अरूलाई दु:ख नदिने।

कन्या : विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनु होला, बन्न लागेको काम पनि बिग्रन सक्छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। कर्मक्षेत्र सङ्घर्षशील रहनेछ। धार्मिक कार्य र तीर्थाटनको योग छ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

तुला : कुनै कुराले मनमा शान्ति छाउनेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आत्मविश्वास र पराक्रम वृद्धि हुनेछ। शुभ समाचार सुन्न पाइएला। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

वृश्चिक : पुनर्मिलनको योग छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। बुद्धिको उपयोग गर्नाले जटिल काम पनि सजिलै फत्ते हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सेतो रङको प्रयोग नगर्ने।

धनु : नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। मित्रताको बन्धन कसिनुका साथै सुख मिल्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। लगानी र व्यवसायमा पर्याप्त लाभ मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मकर : लाभहानि बराबर हुनेछ। दबाब र तनाव बढेको महसुस होला। मान तथा सम्मानमा दाग लाग्न सक्छ। अरूले आलोचना गर्न सक्छन्। मध्य दिनबाट भने रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ३९, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गाईलाई खानेकुरा दिने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ : शुभकार्यको चर्चा चल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। आकस्मिक लाभ र शुभ समाचार सुन्न पाइनेछ। प्रेम जीवन सुखद रहनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न हुन्छ। परिवारमा सुख सन्तोष छाउनेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

मीन : कुनै कुराले मनमा शान्ति छाउला। अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइनेछ। लाभदायक यात्राको योग छ। शुभकार्यको चर्चा चल्नेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। वैदेशिक कार्य सफलतातिर मोडिनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, वैदेशिक कार्यमा ५० र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad