हाल देशमा पश्चिमी न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ।
यतिबेला (मंगलबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका केही भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका केही भूभागको मौसम बदली र तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागे पनि आज वर्षा र हिमपातको सम्भावना भने कतै देखिएको छैन।
महाशाखाले मंगलबार बिहान ६ बजे आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘आज तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको अवस्था रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’
कस्ताे हाेला अबकाे तीनदिन देशभरकाे माैसम?



Shares

प्रतिक्रिया