समाज


राष्ट्रिय कर्मचारी संगठनको सीटीईभीटी अध्यक्षमा पराजुली चयन

राष्ट्रिय कर्मचारी संगठनको सीटीईभीटी अध्यक्षमा पराजुली चयन

नेपालखबर
पुस २८, २०८१ आइतबार ९:०, काठमाडौँ

नेपाल राष्ट्रिय कर्मचारी संगठनबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को अध्यक्षमा रामकृष्ण पराजुली चयन भएका छन्।

नेपाल राष्ट्रिय कर्मचारी संगठन नेकपा (माओवादी केन्द्र) निकट मानिन्छ। भक्तपुरको सानो ठिमीस्थित सीटीईभीटी प्रांगणमा शनिबार भएको चौथो केन्द्रीय महाधिवेशनले पराजुलीको नेतृत्वमा ३३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर खत्री, महिला उपाध्यक्षमा सुनिता गौतम चयन भएकी छन्। संगठनका अन्य दुई उपाध्यक्षमा प्रदिप श्रेष्ठ र त्रिचन्द्र खराल निर्वाचित भएका निर्वाचन समितिका सदस्य प्रकाश अवालेले जानकारी दिए। 

संगठनको महासचिवमा खिमबहादुर परियार, सचिवमा पवन दाहाल, शरद कुमार शर्मा र नारायण अधिकारी र कोषाध्यक्षमा प्रकाश पोखरेल चयन भएका छन्। 

महाधिवेशनको उद्घाटन सत्र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङको प्रमुख आतिथ्यतामा र बन्दसत्र नेपाल राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। 

अधिवेशनलाई सम्बोधन गर्दै नेता गुरुङले नेपाल राष्ट्रिय कर्मचारी संगठन बलियो बने जनताको पक्षमा काम हुने दाबी गरे। उनले जागिरे मानसिकताबाट माथि उठेर काम गर्न पनि कर्मचारीलाई आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad