समाज


आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिउँ र पानी पर्ने सम्भावना

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिउँ र पानी पर्ने सम्भावना

फाइल तस्बिर : कर्णाली


नेपालखबर
पुस २७, २०८१ शनिबार २०:१०, काठमाडौँ

आज (शनिबार) राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिउँ र पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार राति कर्णाली प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ। अनि पहाडी क्षेत्रमा पनि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

यसैगरी आज राति सुदूरपश्चिम प्रदेशको पनि हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ भने पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। 

सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। 

देशका बाँकी प्रदेशमा भने आज राति मौसम बदली भए पनि हिउँ र पानी पर्ने सम्भावना नरहेको मौसम महाशाखाले जानकारी दिएको छ। 

हेर्नुहोस् बुलेटिन-

आज कहाँको तापक्रम कति?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad