अघिल्लो दिनको तुलनामा बिहीबार काठमाडौँको न्यूनतम तापक्रम घट्दा अधिकतम तापक्रम भने बढेको छ।
मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार बुधबार ५.५ डिग्री सेल्सियस रहेको उपत्यकाको न्यूनतम तापक्रम बिहीबार ४.२ डिग्री सेल्सियसमा झरेको हो।
यस्तै बुधबार १७.५ डिग्री सेल्सियस रहेको उपत्यकाको अधिकतम तापक्रम आज थोरै बढेर १७.८ डिग्री सेल्सियस भएको हो।
मौसम महाशाखाको सूचीमा आज (बिहीबार) सबैभन्दा बढी अधिकतम तापक्रम झापाको चन्द्रगढी एअरपोर्टमा २२.१ डिग्री सेल्सियस छ भने सबैभन्दा कम अधिकतम मुस्ताङको जोमसोममा १२ डिग्री सेल्सियस छ।
यस्तै बिहीबार सबैभन्दा कम न्यूनतम तापक्रमचाहिँ जुम्लामा माइनस ६ डिग्री सेल्सियस तथा सबैभन्दा बढी न्यूनतम तापक्रम रुपन्देहीको भैरहवामा १२.५ डिग्री सेल्सियस छ।
देशका अन्य ठाउँको तापक्रम तल हेर्नुहोस्


मौसमविद्का अनुसार राति आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ भने बादल लाग्यो भने बढ्छ।
फेरि यसको ठीक उल्टो दिउँसो आकाश सफा भयो भने घाम लाग्न पाउने भएकाले अधिकतम तापक्रम बढ्छ भने बादल लाग्यो भने घट्छ अर्थात् चिसो बढ्छ।
मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। सामान्यतया न्यूनतम तापक्रम हरेक दिन बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन हुन्छ।
Shares

प्रतिक्रिया