बिहीबार पञ्जाबका एक ७२ वर्षका व्यक्तिको मृत्यु भएसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको इन्डिया टुडेले जनाएको छ।
छाती दुख्ने समस्या र सास फेर्न गाह्रो भएकाले उनको मृत्यु भएको पञ्जाबका स्वास्थ्य अधिकारीहरुले बताएका छन्।
हालसम्म भारतमा १७४ जना कोरोनाबाट संक्रमित छन्। विश्वको १ सय ७० भन्दा बढी मुलुकमा फैलिएको कोरोनाले हालसम्म २ लाखभन्दा बढी संक्रमित बनेका छन्। ९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
3
Shares
प्रतिक्रिया