नेपाल प्रहरीको अस्पतालका चार जना चिकित्सक प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ।
मंगलबार साँझ बसेको बढुवा समितिको बैठकले रिक्त चार डीएसपीमा उनीहरुलाई बढुवा गर्न सिफारिस गरेको हो।
बढुवा सिफारिस हुनेमा डा. सुष्मा केसी, डा. पुजा खड्का, डा. दिपक भिन्दवार र डा. अनुज श्रेष्ठ रहेका छन्।
पहिलो नम्बरमा सिफारिस भएकी केसी अस्पतालको स्त्री तथा प्रसुती शाखामा, खड्का चर्मारोग शाखामा, भिन्दवार नाक कान घाँटी शाखामा र श्रेष्ठ स्त्री तथा प्रसुती शाखामा कार्यरत छन्।

153
Shares

प्रतिक्रिया