समाज


तुलसीपुर बसपार्कमा रोकिराखेको बसमा आगजनी

तुलसीपुर बसपार्कमा रोकिराखेको बसमा आगजनी

नेपालखबर
चैत ६, २०७६ बिहिबार ९:४४,

दाङको तुलसीपुर बसपार्कमा पार्किङ गरी राखिएको बसमा आगजनी गरिएको छ।

तीन महिनादेखि पार्किङ गरी राखिएको बसमा अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले जानकारी दिए।

उनका अनुसार तुलसीपुर उपमहानगरपालिका–५ निवासी सुमन कार्कीको ना४ख ७१८८ नंको बसमा आगलागी भएको प्रहरीले बताएको छ। बुधबार राति सवा ११ बजेतिर अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पालले बताए।

आगलागीबाट गाडीको ‘बडी’ जलेर नष्ट भएको छ। गाडीमा भएको आगजनीलाई प्रहरीले बुधबार राति पौने १२ बजे नियन्त्रणमा लिएको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad