ad ad

कारोबार


चौधरी ग्रुपका निर्वाणले पाए ‘महत्वपूर्ण व्यावसायिक व्यक्तित्व’ अवार्ड

चौधरी ग्रुपका निर्वाणले पाए ‘महत्वपूर्ण व्यावसायिक व्यक्तित्व’ अवार्ड

नेपालखबर
चैत ६, २०७६ बिहिबार ७:५०,

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यावसायिक घराना चौधरी ग्रुपका प्रबन्धनिर्देशक निर्वाण चौधरीलाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्तित्व’को अवार्ड प्रदान गरेको छ।

नेपालको अर्थतन्त्रमा योगदान पुर्याउन सहयोग गरेकाले मन्त्रालयबाट उक्त अवार्ड पाएको चौधरीले सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेका छन्।

‘सीजीको तर्फबाट महत्वपूर्ण व्यावसायिक व्यक्तित्वको अवार्ड उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको हातबाट पाउँदा खुसी लागेको छ’, उनले भनेका छन्, ‘यो नेपालको अर्थतन्त्रमा पुर्याएको योगदानका लागि हो।’

nirban award by lekhraj 2अवार्ड पाउने क्रममा प्रबन्धनिर्देशक निर्वाण चाैधरी। तस्बिरः चाैधरीकाे ट्विटर

चौधरीलाई उद्योगमन्त्री लेखराज भट्टले उक्त अवार्ड प्रदान गरेका हुन्। कार्यक्रममा उद्योग राज्यमन्त्री मोतीलाल दुगडलगायतको उपस्थिति थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .