ad ad

समाज


आईसीयूमा भर्ना भएका विदेशी बिरामीको पहिलो रिपोर्ट नेगेटिभ, पुनः परीक्षण गरिँदै

आईसीयूमा भर्ना भएका विदेशी बिरामीको पहिलो रिपोर्ट नेगेटिभ, पुनः परीक्षण गरिँदै

नेपालखबर
चैत ६, २०७६ बिहिबार ७:१८,

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा श्वासप्रश्वासमा समस्या देखिएपछि आईसीयूमा राखिएका एक विदेशी नागरिकको पहिलो रिपोर्ट नेगेटिभ (संक्रमण नभएको) आएको छ।

तीन दिनअघि निमोनियाका कारण श्वास प्रश्वासमा समस्या देखिएपछि ती विदेशीलाई आईसीयूमा भर्ना गरिएको अस्पतालका निर्देशक डा. शरदराज राजभण्डारीले जानकारी दिए।

‘शंकास्पद देखिएपछि आईसीयूमा राखेर उपचार गरिएको हो। उनको पहिलो रिपोर्ट नेगेटिभ आइसकेको छ। दोस्रो पटक परीक्षणका लागि प्रयोगशाला पठाएका छौं’, डा. राजभण्डारीले भने।

यद्यपि ती विदेशीको अहिले स्वास्थ्य अवस्थामा रहेका र दोस्रो रिपोर्ट आउनेबित्तिकै आजै डिस्जार्च गर्ने तयारीमा रहेको उनले बताए।

यसबीच टेकु अस्पतालको आइसोलेसनमा अहिले तीन जना शंकास्पदहरु रहेका छन्। त्यसबाहेक क्वारेन्टाइनमा ८–९ जना रहेको उनले जनाए।

शंकास्पदहरुको नमूना लिँदा आइसोलेसनमा राख्ने गरिन्छ भने विदेशबाट आउने र आफूलाई भए–नभएको निश्चिन्त हुन १४ दिनसम्म बस्न चाहनेहरु क्वारेन्टाइनमा बस्ने गर्छन्।

टेकु अस्पतालमा ५ आइसोलेसन बेड हुनुका साथै १५ वटा क्वारेन्टाइन बेड रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .