ad ad

राजनीति


सरकारी निर्णयकाे उल्लंघन गर्दै राष्ट्रिय सभा बैठक

सरकारी निर्णयकाे उल्लंघन गर्दै राष्ट्रिय सभा बैठक

नेपालखबर
चैत ६, २०७६ बिहिबार ७:२१,

सरकारले २५ जनाभन्दा बढि मानिस भेला गर्न निषेध गरेको एक दिनपछि राष्ट्रिय सभाको बैठक राखिएको छ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्मा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले १५ बुँदे निर्णय गरेर अत्यावश्यक कामका लागि बाहेक आवतजावत, हिँडडुल समेत नगर्न निर्देशन दिएको थियो।

सो समितिले सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार तथ क्लव आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको थियो।

सरकारले सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा समेत २५ जना भन्द बढि मानिसहरु भेला हुन बन्द गर्ने निर्देशन दिएको थियो।

राष्ट्रिय सभामा सांसद मात्र ५८ जना छन् भने सो सभाका लागि कर्मचारी, सुरक्षा, सञ्चारकर्मी लगायतको ठूलो भीड जम्मा हुन्छ।

राष्ट्रिय सभाका एक उच्च अधिकारीले पूर्वनिर्धारित बैठक भएका कारण सो बैठक नरोकिएको बताए।

पूर्वनिर्धिारित बैठक भए पनि संसदकाे तत्कालिन परिस्थितिअनुसार सभामुख वा राष्ट्रिय सभा अध्यक्षले तत्काल निर्णय गरी आफू सम्बन्धित सभाको बैठक सूचना टाँस गरी स्थगित गर्ने संसदीय अभ्यास छ।

सरकारले पूर्वनिर्धारित तथा ठूलो तयारी गरिएको एसईई परिक्षा तथा विश्वविद्यालय लगायतका परिक्षाहरु रद्द गरेको छ।

राष्ट्रिय सभाको दुई दिनअघि भएको बैठकमा सांसद राधेश्याम अधिकारीलगायतले कोरोना संक्रमणको जोखिम सो सभाको बैठकमा पनि हुने हुँदा बैठक रोक्न माग गरेका थिए।

कोरोना संक्रमणकै कारण देखाउँदै संसदकै प्रतिधि सभाले भने केहि दिनका लागि बैठकहरु स्थगित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .