समाज


राशिफल १८ पुस : गोप्य सूचना बाहिरिँदा कुम्भ संकटमा पर्ने, कन्यालाई मायालुले भ्रमणको प्रस्ताव राख्ने

राशिफल १८ पुस : गोप्य सूचना बाहिरिँदा कुम्भ संकटमा पर्ने, कन्यालाई मायालुले भ्रमणको प्रस्ताव राख्ने

ज्यो. मेनुका दाहाल
पुस १८, २०८१ बिहिबार ४:३७, काठमाडौँ

आज बिहीबार, १८ पुस २०८१ (२ जनवरी २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : भाग्यले विभिन्न अवसर जुराउनेछ। नजिकका व्यक्तिको सहयोगबाट आँटेको काम सम्पन्न हुनेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६४ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज मनमा असल भाव राख्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष : महत्त्वपूर्ण कामको थालनी हुनेछ। टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन्। पर्यटकीयस्थलको भ्रमणले मन लोभ्याउनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

भाग्यशाली रङ आकासे र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७०, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ७६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

मिथुन : सामान हराउने वा चोरी हुने सम्भावना छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ।

भाग्यशाली रङ रातो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४४, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ४७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। निलो रङको प्रयोग नगर्ने।

कर्कट : मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। शुभचिन्तकले पूर्ण समर्थन प्रदान गर्नेछन्। गरेको कामबाट प्रशंसा पाइनेछ। बढुवाको प्रयास सफल हुनेछ। कृषि कार्यमा सफलता मिल्नेछ। प्रणय सम्बन्ध प्रगाढ हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ७०, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ।  रमणीय र सुखद यात्राको योग छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६२, सेयर बजारमा ५६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

कन्या : धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। स्वादिष्ट र मिष्ठान्न भोजन खान पाइनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। मायालुले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।

भाग्यशाली रङ गुलाबी र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५५, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

तुला : शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला। कसैले झुटो आश्वासन दिन सक्छन्। समयमा होस्‌ नपुग्नाले काम रोकिन सक्छ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। साँझमा प्रियजनको साथ मिल्नेछ।

भाग्यशाली रङ खैरो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ७१, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४० र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृश्चिक : रोकिएका काम पुनः सुरु हुन सक्छन्। रमणीय र सुखद यात्राको योग छ। परोपकारी कार्यमा संलग्न भइनेछ। करिअरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। प्राविधिक कार्यमा जुट्दा फाइदा हुने समय छ।

भाग्यशाली रङ पहेँलो हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६२, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। सजिलै अरूको विश्वास नगर्ने।

धनु : ठीक समयमा सही निर्णय लिन सकिनेछ। बोली चातुर्यले काम बन्नेछ। दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। सेयर बजारबाट राम्रो सफलता मिल्ला। विलासी वस्तुको प्रयोग बढ्नेछ। व्यवसायका लागि यात्राको सम्भावना छ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा पनि ५४ , सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मकर : प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। वाणीमा कुशलता आउने दिन परेको छ। शुभकार्यको चर्चा चल्नेछ। वैदेशिक काममा सफलता मिल्नेछ। आस्था बढेर जानेछ। सामाजिक र राजनीतिक चिन्तन बढ्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। खैरो रङको प्रयोग नगर्ने।

कुम्भ : गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ। पारिवारिक जीवनमा असमझदारी बढ्न सक्छ। अरूका कुरामा चित्त नबुझ्ला, संयमता अपनाउनु राम्रो हुन्छ। वैदेशिक कार्य बन्नेछ। आफन्तको साथ र सहयोग पनि पाइनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४२, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ६५ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४४ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

मीन : बिछोडिएका मित्रसँग पुनर्मिलनको योग छ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। शुभारम्भको चर्चा चल्नेछ। जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। व्यावसायिक क्षेत्रबाट पनि लाभ हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ६७, सेयर बजारमा ६४, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad