समाज


नेपाल–भारत सैन्य अभ्यास सालझण्डीमा सुरु (तस्बिरहरू)

नेपाल–भारत सैन्य अभ्यास सालझण्डीमा सुरु (तस्बिरहरू)

रुपन्देहीको सालझण्डीमा सुरु भएको नेपाल–भारत सैन्य अभ्यासको १८ औं संस्करण। तस्बिरहरूः भारतीय दूतावास


नेपालखबर
पुस १६, २०८१ मंगलबार १६:३५, काठमाडौँ

नेपालर भारतकाबीच हुँदै आएको सैन्य अभ्यास ‘सूर्यकिरण’को १ ८औँ संस्करण मंगलबारदेखि रुपन्देहीको सालझण्डीमा सुरु भएको छ। सैन्य अभ्यास यही पुस २९ गतेसम्म जारी रहने छ। 

सैन्य अभ्यास जंगल युद्ध, भौगोलिक रुपमा अति कठिन स्थलमा आतंकवादीविरुद्धको अभियान, संयुक्त राष्ट्रसंघीय बडापत्रअनुरुप शान्ति स्थापना, मानवीय सहायता विपद् व्यवस्थापन एवं राहत परिचालन, आन्तरिक क्षमता विस्तार, वातावरण संरक्षणलगायत चुनौतीपूर्ण परिस्थितिमा सैन्य क्षमता अभिवृद्धिमा केन्द्रित हुनेछ।

सैन्य अभ्यासमा नेपाली सेनाको श्रीजंग बटालियन र भारतीय सेनाको ११औँ गोर्खा राइफल्स सहभागी भएका छन्। अभ्यासबाट नेपाल र भारतबीचको मैत्री, विश्वास र साझा सांस्कृतिक सम्बन्ध अझ विस्तार हुनाका साथै दुई देशका व्यावसायिक सेनाको सहकार्य एवं सहयोग अझ सुदृढ हुने नेपाली सेनाको विश्वास छ।

वार्षिक रूपमा नेपाल र भारतमा आलोपालो गरी हुने विसं २०६७ बाट सैन्य अभ्यास सुरु भएको थियो। यो सैन्य अभ्यासमा हालसम्म नेपाली सेनाका ४ हजार २ सय १५ जना र भारतीय सेनाका ४ हजार ४ सय ४२ जना सैनिक सहभागी भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad