समाज


राशिफल १७ पुस : कन्याले अरूको विषयमा चासो लिँदा झमेलामा पर्ने, मकरलाई एकोहोरो मायाले सताउने, तपाईँको के?

राशिफल १७ पुस : कन्याले अरूको विषयमा चासो लिँदा झमेलामा पर्ने, मकरलाई एकोहोरो मायाले सताउने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
पुस १७, २०८१ बुधबार ४:४०, काठमाडौँ

आज बुधबार, १७ पुस २०८१ (१ जनवरी २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्। पुनर्मिलनको योग छ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५०, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दानपुण्यको काम गर्ने। अरूको कुभलो नचिताउने।

वृष : भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचेजस्तो सफलता नमिल्ला। प्रेमी र प्रेमिकाबीच खिन्नता बढ्न सक्छ। मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। विलासिताका सामग्रीमा खर्च बढ्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : आफन्तजनसँग सुमधुर सम्बन्ध कायम हुनेछ। पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। छलकपट नगर्ने।

कर्कट : सांस्कृतिक कार्यमा सरिक भइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। विलासी वस्तुको प्रयोग गर्न पाइनेछ। लगनशीलताले काम अगाडि बढ्नेछन्। व्यवसायका लागि यात्राको सम्भावना छ। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ४८ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। छुद्र व्यवहार नगर्ने।

सिंह : सांस्कृतिक कार्यमा सरिक भइनेछ। सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। शुभकार्यको चर्चा चल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। कार्य सम्पादनमा सहजता मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या : सद्‌विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ। समयमा होस् नपुग्नाले काम रोकिन सक्छ। कसैले झुटो आश्वासन दिन सक्छन्। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६५, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। छलकपट नगर्ने।

तुला : घरपरिवारमा मनोरञ्जनपूर्ण वातावरण बन्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन्। परिवारका सदस्यसँग भेटघाट हुनेछ। अध्ययनमा रुचि जाग्नुका साथै यात्राको योग छ।

भाग्यशाली रङ निलो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। उत्तर दिशा नजाने।

वृश्चिक : साथीभाइसँग रमाइलो गरी दिन बित्नेछ। काम गर्ने हौसला मिल्नेछ र सफल यात्राको योग छ। माया प्रेममा समीपता बढेर जानेछ। वैदेशिक काममा सफलता मिल्नेछ। साँझमा पैसा खर्च हुनेछ। चोटपटकको भय पनि छ सचेत रहनुहोला।

भाग्यशाली रङ सेतो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। निलो रङको प्रयोग नगर्ने।

धनु : मन हर्षित र प्रसन्न हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। प्रणयसम्बन्ध प्रगाढ बन्नेछ। रमणीय र सुखद यात्राको योग छ।

भाग्यशाली रङ रातो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज असहायलाई सहयोग गर्ने। अति मसलेदार खानेकुराको सेवन नगर्ने।

मकर : काम बिगार्न चाहनेहरू अगाडि बढ्नेछन्। आलोचना गर्नेहरूबाट सजग रहनुहोला। एकोहोरो मायाले सताउनेछ। आर्थिक कारोबारमा मन्दी आउला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्‍याउनुहोला।

भाग्यशाली रङ रातो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। तामसिक भोजन नगर्ने।

कुम्भ : रमाइलो यात्राको योग छ। सामाजिक र राजनीतिक चिन्तन बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ। सवारी साधन खरिद गर्ने योजना बन्नेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला।

भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मीन : सेवा गर्ने अवसर जुट्न सक्छ। सुखसुविधा भोग गर्न पाइनेछ। मन प्रसन्न रहनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ५४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad