समाज


भैँसेपाटीमा तीव्र गतिको माइक्रोले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

बिजुलीको पोल, पार्किङमा राखिएको बोलेरो र किराना पसलमा पनि ठोकियाे माइक्रो
भैँसेपाटीमा तीव्र गतिको माइक्रोले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

नेपालखबर
पुस १६, २०८१ मंगलबार ९:३, काठमाडौँ

ललितपुरको भैँसीपाटीमा माइक्रो बसको ठक्करबाट एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ।

सोमबार साँझ लललिपुर महानगरपालिका १८ सिकाली चाेकमा बा ३ ख ३१०२ नम्बरको माइक्रो बसले ठक्कर दिँदा सडक किनारमा पैदल हिँडिरहेकी ३५ वर्षीया गोमा लुंगेली मगरको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरीका प्रवक्ता एसपी रन्जय राउतले जानकारी दिए। 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका- ७ स्थायी घर भइ हाल ललितपुरकै मगरगाउँ बस्दै आएकी लुंगेलीको उपचारको क्रममा मृत्यु भएको हो। 

लापरबाहीपूर्ण ढंगले तीव्र गतिमा चलाइएको माइक्रो सुरुमा बिजुलीको पोलमा ठोकिएको थियो। ‘बिजुलीको पोलमा ठोक्किएर अनियन्त्रित भएको माइक्रोले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिँदा घटना भएको हो,’ एसपी राउतले भने। 

दुर्घटनामा गम्भीर घाइते गोमाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो। उक्त माइक्रोले नजिकै रोकिराखेको बा ७ च ५९८७ नम्बरको बोलेरोलाई पनि ठक्कर दिएर क्षति पुर्‍याएकाे एसपी राउतले बताए। 

बोलेरोमा ठोकिएपछि उक्त माइक्रोले एउटा पसलमा समेत क्षति पुर्‍याएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad