समाज


राशिफल १६ पुस : वृषलाई समय व्यवस्थापन गर्न गाह्रो पर्ने, वृश्चिकको उठन्ती रकम हातलागी हुने, तपाईँको के?

राशिफल १६ पुस : वृषलाई समय व्यवस्थापन गर्न गाह्रो पर्ने, वृश्चिकको उठन्ती रकम हातलागी हुने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
पुस १६, २०८१ मंगलबार ४:३२, काठमाडौँ

आज मंगलबार, १६ पुस २०८१ (३१ डिसेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : रमणीय र सुखद यात्राको योग छ। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। रमाइलो यात्राको योग छ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।

भाग्यशाली रङ हरियो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ६४, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७९ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृष : समय व्यवस्थापन गर्न गाह्रो पर्नेछ। हरेक कार्यमा सतर्कता अपनाई सम्पन्न गर्नतिर लाग्नु उचित हुनेछ। झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ। आहार-विहारमा सावधानी अपनाउनु होला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ।

भाग्यशाली रङ पर्पल र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४२, सेयर बजारमा ३६, वैदेशिक कार्यमा ४० र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज कमिला वा माछालाई चारो खुवाउने। कालो रङको प्रयोग नगर्ने।

मिथुन : लाभहानि बराबर र आय मध्यम हुनेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। सहयोगी हात अघि बढ्नेछन्। दिनको उत्तरार्ध अधिक सुखद रहनेछ।

भाग्यशाली रङ निलो हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। उत्तर दिशाको यात्रा नगर्ने।

कर्कट : मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। मनोरञ्जनमा सहभागी भइएला। विशेष यज्ञयज्ञादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ। सेयर बजारमा गरेको लगानीले राम्रै लाभ दिनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, सेयर बजारमा ६४, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

सिंह : अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। दैनिक कार्यमा प्रगति हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। स्वादिष्ट भोजन खान पाइनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

कन्या : बेला-बेलामा मनमा चिन्ता, दुबिधा तथा चञ्चलता आउन सक्छ। अरूको भलाइका लागि अनावश्यक दौडधुप गर्नु पर्नेछ। परिवारका लागि धेरै समय दिन पाइने छैन। साँझमा भने राम्रो समाचार सुन्नमा आउला।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४९, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४० र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३२ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

तुला : शुभकार्यको चर्चा चल्नेछ। प्रेम जीवन सबल र सफल रहनेछ। व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन्। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। स्वास्थ्यप्रति सजग रहन आवश्यक छ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृश्चिक : स्थान परिवर्तनको योग देखिन्छ। बोलीको भरमा कार्य सम्पादन हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। आफन्तको सहयोगमा उल्लेखनीय कार्य सम्पादन हुने देखिन्छ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।

भाग्यशाली रङ रातो हो भने अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। टाढाको यात्रा नगर्ने।

धनु : समाजबाट मानसम्मान मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा विशेष लाभ हुनेछ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

मकर : सुखदुःख बराबरी हुने दिन छ। खर्च नियन्त्रणभन्दा बाहिर जान सक्छ। विभिन्न अवसर आउनेछन्। गरेको काममा सफलता हात पर्नेछ। कूटनीतिक नियोगको सहयोग मिल्ला। आत्मबल बढाएर काम गरेमा जुनसुकै क्षेत्रमा असफल भइँदैन।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ४७, सेयर बजारमा ४६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कुम्भ : आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ।

भाग्यशाली रङ गुलाबी हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा पनि ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मीन : कुनै कुराले मनमा शान्ति छाउला। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। आफन्तको प्रगतिमा मन रमाउनेछ। चलाखीपूर्ण बोलीले कार्य सफल हुन सक्छ। रमणीय र सुखद यात्राको योग छ। सेयर बजारले पनि साथ दिनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad