समाज


कालीकोटमा भूकम्पको धक्का

१३ दिनमा पश्चिम नेपालका ६ जिल्लामा गए ७ भूकम्प
कालीकोटमा भूकम्पको धक्का

नेपालखबर
पुस १३, २०८१ शनिबार ५:५६, काठमाडौँ

गएराति कालिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ। शुक्रबार राति ११ बजेर ३७ मिनेट जाँदा कालीकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको हो।

पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा ६ जिल्लामा सात वटा भूकम्प गएका राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार बिगत १३ दिनको अवधिमा पश्चिम नेपालमा मात्रै सातवटा भूकम्पको धक्का महसुस भएको हो। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर चार दशमलव तीन, पुस ३ गते बझाङको धामेना मै चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको थियो। यस्तै, पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर चार दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको थियो।

त्यसैगरी पुस छ गते बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूडको भूकम्प जाँदा पुस नौ गते ९ बजेर २५ मिनेट जादा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर चार म्याग्नेचुड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको विभागले जनाएको छ। 

विभागका अनुसार, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्यूडको भूकम्प गएको थियो। सो भूकम्पपछि मात्रै पश्चिम नेपालमा पाँच परकम्प गएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad