राजनीति


राष्ट्रपति पौडेलद्वारा भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति दुःख व्यक्त

राष्ट्रपति पौडेलद्वारा भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति दुःख व्यक्त

नेपालखबर
पुस १२, २०८१ शुक्रबार २१:५८, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन्।

पूर्वप्रधानमन्त्री सिंहको बिहीबार उपचारका क्रममा ९२ वर्षको उमेरमा निधन भएको थियो।

राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै उनी भारतका दूरदर्शी नेता रहेको उल्लेख गरेका छन्।

राष्ट्रपति पौडेलले भारत सरकार र जनताका साथै शोक सन्तप्त परिवारका सदस्यहरूप्रति समवेदना व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad