समाज


मोरङमा बेहोस भेटिएकी महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

मोरङमा बेहोस भेटिएकी महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

नेपालखबर
पुस १०, २०८१ बुधबार १६:१९, काठमाडौँ

मोरङमा २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका २ बस्ने १९ वर्षीय मोहमद रमजान, सोही ठाउँ बस्ने १९ वर्षीय सोनु कुमार साह र भारत अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मोहमद गुल्जार रहेका छन्।

उनीहरुले कटहरी गाउँपालिका २ कदमगाछीस्थित बाँसघारीमा बलात्कारपछि ती महिलालाई बेहोस अवस्थामा छाडेर फरार भएका थिए।

महिलालाई बेहोस अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

खबर प्राप्त हुनासाथ प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरीले उनलाई तत्काल उपचारको लागि कोशी अस्पताल बिराटनगर पठाएको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले थप अनुसन्धान एवम् सोधपुछ गर्दा रमजान, सोनु कुमार र गुल्जारले ती महिलालाई सिटी सफारीमा राखी कटहरी गाउँपालिका २ कदमगाछीस्थित बाँसघारीमा लगेर जबर्जस्ती करणी गरेको खुलेको हो।

२ जनाको समेत संलग्नतामा रमजानले जबरजस्ती करणी गरेको खुलेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad