समाज


पोखराको संघर्षशील सहकारीका अध्यक्ष र सचिव पक्राउ

पोखराको संघर्षशील सहकारीका अध्यक्ष र सचिव पक्राउ

नेपालखबर
पुस ८, २०८१ सोमबार १८:५९, पोखरा (कास्की)

प्रहरीले पोखराको संघर्षशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र सचिवलाई पक्राउ गरेको छ। 

पोखरा महानगरपालिका-२३, कास्कीको तगरास्थितमा सञ्चालित संघर्षशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष विक्रम पाण्डे र सचिव कमल सुवेदीलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए। 

सञ्चालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरी सहकारीको रकम हिनामिना एवं ठगी गरेको देखिएको भन्दै सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान गरी दिन सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराले प्रहरीलाई पत्र पठाएको थियो। 

२०८१ पुस ७ गतेको पत्रानुसार सहकारीका अध्यक्ष धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-६ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका-८, नयाँबजार बस्ने ३३ वर्षका विक्रम पाण्डे र सोही सहकारीका सचिव तथा व्यवस्थापक पोखरा महानगरपालिका-३१, बेगनासका ३४ वर्षीय कमल सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो। 

अध्यक्ष पाण्डेलाई पोखरा १७ बिरौटाबाट र सचिव सुवेदीलाई सहकारीको कार्यालयबाट पक्राउ गरेको डीएसपी शर्माले बताए। 

उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट सोमबार ७ दिनको अनुमति लिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad