समाज


सासुको हत्या आरोपमा काभ्रेबाट एक युवक पक्राउ

‘काम नगरि खाने बेकामे’ भनेपछि हत्या गरेको बयान
सासुको हत्या आरोपमा काभ्रेबाट एक युवक पक्राउ

नेपालखबर
पुस ८, २०८१ सोमबार १२:४७, काभ्रे

सासुको हत्या आरोपमा काभ्रे प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। 

मण्डनदेउपुर नगरपालिका १ गैरीगाउँ घिसिङ टोल निवासी ५२ वर्षीया तिनमाया तामाङको हत्या आरोपमा उनकै ज्वाइँ (छोरीका पति) २८ वर्षीय सुकबहादुर तामाङ पक्राउ परेका हुन्। 

गएको मंसिर ३० गते तिनमाया आफ्नै घरको मझेरीमा मृत फेला परेकी थिइन्। 

प्रारम्भिक अनुसन्धानको क्रममा तिनमायाको हत्या आफ्नै ज्वाइँले गरेको देखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मीनबहादुर घलेले जानकारी दिए। 

पक्राउ परेका सुकबहादुर काभ्रेकै मन्डनदेउपुर २ निवासी हुन्। 

सासुले आफूलाई काम नगर्ने बेकामे भनेर सधैँ गाली गर्ने गरेकाले मुक्का प्रहार गरेर, घरको खाँबोमा टाउको ठोक्काएर हत्या गरेको बयान उनले प्रहरीलाई दिएका छन्। 

सुकबहादुरलाई पक्राउपछि काभ्रे जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad