समाज


आजदेखि चुरियामाई सुरुङमार्ग पर्यटकका लागि खुला गरिँदै

आजदेखि चुरियामाई सुरुङमार्ग पर्यटकका लागि खुला गरिँदै

सुनिता विष्ट
पुस ८, २०८१ सोमबार १०:३७, हेटाैँडा

दक्षिण एसियाकै पहिलो मानिएको हेटौँडास्थित चुरियामाई सुरुङ जीर्णोद्धारपछि पर्यटकका लागि खुला गरिँदैछ। 

मकवानपुरको हेटौँडा-१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग सोमबार (आज) बाट सर्वसाधारणका लागि खुला गर्न लागिएको हो।

बागमती प्रदेश सरकारले आज हेटौँडा उपमहानगरपालिकालाई सुरुङको स्वामित्व हस्तान्तरण गर्दैछ। 

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९१७ मा उक्त सुरुङ निर्माण गरिएको थियो। नेपालका प्रथम ग्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण भएको ‘चुरियामाई सुरुङ’बीच भागमा भासिएर जोखिम अवस्थामा थियो।

बागमती प्रदेश सरकारले ३ करोड ६५ लाख रुपैयाँ खर्चिएर सुरुङमार्गको जिर्णोद्धार गरेको हो। 

दुईसय २५ मिटर लामो सुरुङको चौडाइ २.५ मिटर छ भने उचाइ ३ मिटर रहेको छ। २०७८ वैशाखमा सुरुङ मर्मतको काम सुरु भएकोमा २०८० असोजमा निर्माण सम्पन्न भएको थियो। 

निर्माण सम्पन्न भएको  करिब बर्ष दिन भन्दा बढी समयपछि सर्बसाधारणको लागि खुल्ला गर्न लागिएको हो। एक वर्षभन्दा बढी समय सुरुङको दुवैतर्फको गेट बन्द गरेर राखिएको थियो।

सुरुङ सञ्चालनका लागि उपमहानगरपालिकाले कार्यविधि बनाएको छ। 

जसअनुसार सुरुङ अवलोकन गर्न प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क तोकिएको छ। विदेशीलाई १२० रुपैयाँ र विद्यार्थीलाई २० रुपैयाँ प्रवेश शुल्क लिइनेछ। 

पाँच वर्षमुनिका बालबालिका, अपांग र जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए। 

काठमाडौँलाई हेटौँडा हुँदै तराईसँग जोड्ने गरी चुरे पहाडमा निर्माण गरिएको सुरुङमार्ग दक्षिण एसियाकै पहिलो भएको स्वीस नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको ‘दि हिमालयन किडम अफ नेपाल’ नामक पुस्तकमा उल्लेख छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad