शक्ति समूहकी अध्यक्ष तथा मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ।
सोमबार बिहान काठमाडौँको जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा उनको शव फेला परेको उनका आफन्तले जानकारी दिएका छन्।
उनका श्रीमानले बिहान उठाउन खोज्दा सुनिता अचेत अवस्थामा फेला पारेकी थिइन्। त्यसपछि तुरुन्तै उनलाई नेपाल मेडिकल कलेज जोरपाटी पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। उनको मृत्युको कारण खुल्न भने बाँकी छ। दनुवारका श्रीमान, एक छोरा र छोरी छन्।
सुनितालाई सन् २०१८ मा अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता)को सूचीमा राखेको थियो। दनुवारलाई अमेरिकी सरकारले मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’समेत घोषणा गरेको थियो।
1.5k
Shares

प्रतिक्रिया