पर्सा जिल्लाको पकाहामैनापुर गाउँपालिका १ स्थित धोरेगाँछीबाट सशस्त्र प्रहरी टोलीले एउटा कटुवा पेस्तोल बरामद गरेको छ।
सो स्थान नजिकै रहेको झाडीमा लुकाई छिपाई राखेको उक्त पेस्तोल सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पकाहामैनापुरबाट सशस्त्र प्रहरी निरीक्षक सुमन रानाभाटको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो। एपीएफ टोलीले बरामद कटुवा पेस्तोल स्थानीय प्रहरीमा बुझाएको छ।
चोरीपैठारीको सामान बरामद
यता, धनुषा जिल्लाको विदेह नगरपालिका ९ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव एक लाख ९६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा र जुत्ताचप्पल सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरी र नम्बर ८ गण धनुषाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक डम्बरबहादुर रानाको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो।
एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय जनकपुरमा बुझाएको छ।
प्रतिक्रिया