समाज


सौतेनी आमाका हत्यारा १८ वर्षपछि पक्राउ

सौतेनी आमाका हत्यारा १८ वर्षपछि पक्राउ

नेपालखबर
चैत ४, २०७६ मंगलबार ९:५९,

आफ्नै सौतेनी आमाको हत्या गरेको अभियोगमा एक व्यक्ति १८ वर्ष पछि पक्राउ परेका छन्। धादिङको थाक्रे गाउँपालिका ६ रानीबारीका कान्छा थापा भन्ने रणबहादुर थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले मंगलबार पक्राउ गरेको हो।

१८ वर्ष पहिले उनले आफ्नै सौतेनी आमाको हत्या गरेको सीआईबीले जनाएको छ। उनलाई मंगलबार नै जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाइएको
कारवाहीको लागि मंगलबार जिल्ला प्रहरी कार्यालय धादिङ्गमा बुझाईएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए।

अभियुक्तका बुबा सर्वजित थापाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो। श्रीमानको मृत्युपछि कान्छी श्रीमती साइली थापा आफ्नो छोरी ज्वाँईको घरमा बस्ने गरेकी थिइन्।

श्रीमानको बर्खीको कामको लागि घर गएको बेला अंश विवादमा २०५८ माघ १४ गते रणबहादुरले हत्या गरेको प्रहरीले जनाएको छ।

आफ्नै घर भित्र घाँटी थिची हत्या गरेका थापा त्यसपछि फरार भएका थिए। त्यसपछि काठमाडौंको टेकूमा लुकीछिपी बस्दै आएका थापा पछिल्लो समयमा आफ्नै घरमा गएर बसेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad