समाज


डीआईजीद्वय सिंह र बोहरा एआईजीमा सिफारिस

डीआईजीद्वय सिंह र बोहरा एआईजीमा सिफारिस

नेपालखबर
मंसिर २८, २०८१ शुक्रबार २१:६, काठमाडौँ

नेपाल प्रहरीका दुई नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस भएका छन्।

डीआईजीद्वय दुर्गा सिंह र भरतबहादुर बोहरालाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा पदानेन्नति गर्न बढुवा समितिले सिफारिस गरेको हो।

गृहसचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले यो निर्णय गरेको तथा बढुवा समितिका सदस्यसचिव एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।

एआईजी भीमप्रसाद ढकाल र केदार ढकाल अवकाश भएपछि रिक्त पदमा उनीहरूलाई बढुवा गर्न लागिएको हो। बढुवाकै लागि सिंहलाई बिहीबार मात्रै गण्डकी प्रदेशबाट सरुवा गर्ने निर्णय भएको थियो। 

यता प्रहरी प्रधान कार्यालयको कार्य विभागमा दरबन्दी भएका बोहरा ट्राफिक प्रहरी प्रमुखका रूपमा काजमा छन्। 

यसअघि नै एआईजी बन्ने वरीयतामा रहे पनि अवकास हुन लागेका केदार ढकाललाई एआईजी बनाउन सिंहलाई छुटाइएको थियो। 

अहिले पनि सिंहपछिको वरीयतामा कुवेर कडायत अगाडि हुन्। कडायत र सिंहलाई एआईजीमा बढुवा गर्दा बोहरा डीआईजीबाटै अर्को महिना अवकास हुने भएपछि उनलाई पनि एआईजी बनाएर मात्रै अवकासमा पठाउन लागिएको हो। 

बोहराको अवकासपछि मात्रै कडायतलाई बढुवा गर्ने तयारी छ। उमेर हदका कारण पुस १४ गते बोहरा अनिवार्य अवकाश हुनेछन्। 

पुस १६ गते अर्को पनि एआईजीको दरबन्दी खाली हुनेछ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी किरण बज्राचार्य अनिवार्य अवकाशको मुखमा छिन्। 

यसअघि किरण राणालाई २ दिनका लागि एआईजी बढुवा गरिएको थियो। आईजीपी कुँवरले आफ्ना ब्याचका सबैलाई एआईजी बनाएर पठाउने नीति लिएका छन्। उनको चाहनाअनुसार सरकारले पनि निर्णय गरिरहेको छ। 

सम्बन्धित खबर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad