देशभर चिसो बढ्ने क्रम जारी छ।
मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार शुक्रबार मुलुकका तीन स्थानमा न्यूनतम तापक्रम माइनसमा झरेको छ।
महाशाखाले सार्वजनिक गरेको सूचीअनुसार शुक्रबार न्यूनतम तापक्रम जुम्लामा –७, जिरी (दोलखा) मा २.४ र –०.५ डिग्री सेल्सियसमा झरेको हो।
यसैगरी शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पनि यो वर्षको आजसम्मकै कम ३.१ डिग्री सेल्सियसमा झरेको महाशाखाको विवरणले देखाएको छ।
मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ।
न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
हेर्नुहोस् देशभरको तापक्रम सूची-


स्रोत : मौसम पूर्वानुमान महाशाखा
2.5k
Shares

प्रतिक्रिया