समाज


४ प्रदेशको मौसम पूर्णतया बदली, केही भूभागमा वर्षा र हिमपात हुँदै

कस्तो होला अबको ३ दिन देशभरको मौसम?
४ प्रदेशको मौसम पूर्णतया बदली, केही भूभागमा वर्षा र हिमपात हुँदै

फाइल तस्बिर


नेपालखबर
मंसिर २४, २०८१ सोमबार ६:५, काठमाडौँ

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।

यतिबेला (सोमबार बिहान) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोसी प्रदेशको मौसम साधारणदेखि पूर्णतया बदली छ। देशका बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मध्य र पूर्वी तराईका धेरे भूभागमा अहिले हुस्सु र थोरै भूभागमा कुहिरो लागेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा पनि भइरहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

कस्तो होला अबको ३ दिन देशभरको मौसम? 
२०८१ मंसिर २४ गते सोमबार

दिउँसोː सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोसी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू‍भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोसी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान तथा  गण्डकी, बागमती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

रातिː कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कर्णाली प्रदेश लगायत देशका पहाडी भू‍भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा बागमती प्रदेश र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

२०८१ मंसिर २५ गते मंगलबार

दिउँसोː कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। 

रातिː कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। 

२०८१ मंसिर २६ गते बुधबार

दिउँसोː कोसी प्रदेशका  पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। 

रातिː कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोसी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी र बागमती प्रदेशका थोरै स्थान तथा कोसी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थान तथा  गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ। बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा हुस्सुका साथै थोरै स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad