ग्लोबल


रुसी मिडिया भन्छन्ः भागेका सिरियाका राष्ट्रपति रुसमा छन्

रुसी मिडिया भन्छन्ः भागेका सिरियाका राष्ट्रपति रुसमा छन्

फाइल तस्बिर: सिरियाका राष्ट्रपति बसर अल असद


नेपालखबर
मंसिर २४, २०८१ सोमबार ६:२०, काठमाडौँ

विद्रोहीले राजधानी दमास्कस कब्जा गरेपछि देश छाडेका सिरियाका राष्ट्रपति बसर अल असद रुसमा रहेको दाबी रुसी सञ्चारमाध्यमले गरेका छन्। 

रुसी मिडिया एजेन्सीहरूले क्रेमलिन स्रोतलाई उद्धृत गर्दै सिरियाका अपदस्थ राष्ट्रपति असद र उनको परिवार रुसको राजधानी मस्को पुगेको दाबी गरेका हुन्। 

रिपोर्टअनुसार रुसले बसर अल असद र उनको परिवारलाई शरण दिएको छ। 

यसअघि आइतबार विद्रोहीले सिरियाको राजधानी दमास्कस कब्जा गर्दै सिरिया स्वतन्त्र भएको घोषणा गरेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad