समाज


दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

नेपालखबर
मंसिर २३, २०८१ आइतबार १६:२, काठमाडौँ

विद्युतीय अपराध (साइबर क्राइम) को आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा भर्ना गरिएका उनलाई साइबर ब्युरोले म्याद थपका लागि आइतबार जिल्ला अदालतमा उपस्थित गराएको थियो। अदालतले थप ३ दिन नियन्त्रणमा राख्न अनुमति दिएको हो।

प्रधाननमन्त्री केपी शर्मा ओलीको नाममा कम्बोडियामा लगानी रहेको भन्दै नक्कली कागजात सिर्जना गरी सामाजिक सञ्जालमा फैलाएको आरोपमा मंसिर ४ गते पक्राउ परेका हुन्।

उनीमाथि लिखतसम्बन्धी कसुर (किर्ते) मा पनि अनुसन्धान गर्ने प्रहरीको तयारी छ।

विवादित पृष्ठभूमिका मेडिकल व्यवसायी प्रसाईं यसअघि असोज ६ गते पक्राउ परेका थिए।

रास्वपाकी एक केन्द्रीय सदस्यले दिएको जाहेरीअनुसार उनीविरूद्ध साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। उक्त मुद्दामा उनी १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad