समाज


जुम्लाको न्यूनतम तापक्रम -७.४ मा झर्दा काठमाडौँमा कति घट्यो? (सूची)

जुम्लाको न्यूनतम तापक्रम -७.४ मा झर्दा काठमाडौँमा कति घट्यो? (सूची)

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
मंसिर २३, २०८१ आइतबार १०:४३, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाले देशभर विभिन्न स्थानको न्यूनतम तापक्रम सार्वजनिक गरेको छ। 

जसअनुसार आज (आइतबार) सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा –७.४ डिग्री सेल्सियसमा झरेको छ। हिजो शनिबार जुम्लामा न्यूनतम तापक्रम –६.० डिग्री सेल्सियस थियो। 

आज काठमाडौँको न्यूनतम तापक्रम पनि शनिबारभन्दा थोरै घटेको छ। महाशाखाको विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस छ, हिजो ८.९ डिग्री सेल्सियस थियो।

हेर्नुहोस् देशभरको तापक्रम(नोटः न्यूनतम आजैका हुन् भने अधिकतम तापक्रम हिजोका)-

 

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। 

न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। त्यसैले आजको अधिकतम तापक्रम भने साँझ मात्र आउनेछ। 

यही डिसेम्बर १ देखि नेपालमा विन्टर अर्थात् हिउँदयाम लागेको छ। यो सिजन फ्रेबुअरीसम्म रहन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad