समाज


जुम्लाको न्यूनतम तापक्रम –६ मा झर्दा काठमाडौँमा स्थिर (सूची)

जुम्लाको न्यूनतम तापक्रम –६ मा झर्दा काठमाडौँमा स्थिर (सूची)

नेपालखबर
मंसिर २२, २०८१ शनिबार १२:१२, काठमाडौँ

आज (शनिबार) जुम्लामा न्यूनतम तापक्रम घट्दा राजधानी काठमाडौँमा भने स्थिर बसेको छ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान सार्वजनिक गरेको सूचीअनुसार जुम्लामा न्यूनतम तापक्रम –६ डिग्री सेल्सियसमा झरेको हो। हिजो त्यहाँ यो तापक्रम –५.८ थियो। 

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम भने स्थिर रहेको मौसम महाशाखाको विवरणले देखाएको छ।

जसअनुसार आज पनि उपत्यकाको न्यूनतम तापक्रम ८.९ डिग्री सेल्सियस नै कायम भएको हो। हिजो शुक्रबार पनि उपत्यकाको न्यूनतम तापक्रम यत्ति नै थियो। 

हेर्नुहोस् देशभरको तापक्रम विवरण  (नोटः न्यूनतम आजैका हुन् भने अधिकतम तापक्रम हिजोका) :

 

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। 

न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। त्यसैले आजको अधिकतम तापक्रम भने साँझ मात्र आउनेछ। 

यही डिसेम्बर १ देखि नेपालमा विन्टर अर्थात् हिउँदयाम लागेको छ। यो सिजन फ्रेबुअरीसम्म रहन्छ। 

आज मौसमः कहाँ कस्तो? 

मौसम महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा भने हल्का वर्षा हुने सम्भावना छ। 

यस्तै राति देशका पहाडी क्षेत्रमा आंशिक बदली रही देशका बाँकी ठाउँमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad